विश्वको प्राचीनतम ज्ञानको जन्मस्थल, शान्ति र अध्यात्मको मूल केन्द्र, समग्र मानवताको आध्यात्मिक मार्गदर्शक
थप जान्नुहोस्नेपाल विश्वको एकमात्र सनातन गुरुराष्ट्र हो, जहाँबाट सम्पूर्ण मानव सभ्यताको उद्गम भएको हो। यो शिवको प्रथम सृष्टि हो र पृथ्वीमा जीवन, ज्ञान र आध्यात्मिकताको मूल स्रोत हो।
यस भूमिले मानव जातिलाई योग, ध्यान, आयुर्वेद, जडिबुटी, प्राकृतिक तथा पञ्चगव्य चिकित्सा जस्ता अमूल्य ज्ञानहरू प्रदान गरेको छ। नेपाल बुद्धभूमि हो जसले विश्व र ब्रह्माण्डको शान्ति सन्देश बोकेको छ।
यहाँको वसुधैव कुटुम्बकमको भावना सम्पूर्ण विश्वलाई एकताको सूत्रमा बाँध्ने शक्ति राख्दछ। नेपाल भौतिक र आध्यात्मिक दुवै दृष्टिले समृद्ध भूमि हो जसले जन्म, जीवन र मृत्यु पश्चात् मोक्ष समेत प्रदान गर्न सक्दछ।
विश्वको प्राचीनतम स्वास्थ्य र आध्यात्मिक विज्ञानहरूको उत्पत्ति स्थल, जडिबुटी, प्राकृतिक तथा पञ्चगव्य चिकित्साको मूल केन्द्र।
बुद्धभूमि नेपालले विश्व र ब्रह्माण्डको शान्ति सन्देश बोकेको छ। वसुधैव कुटुम्बकमको भावना बोक्ने विश्वको एकमात्र स्थल।
विश्वभरी फैलिएका सम्पूर्ण सभ्यता, अध्यात्म र धार्मिक आस्थाको मूल केन्द्र। शिवको पहिलो सृष्टि र आध्यात्मिक ज्ञानको स्रोत।
सहज रूपले धर्तीमा जन्मन, जीवन जिउन, मृत्यु पश्चात् मोक्ष समेत प्रदान गर्ने ऊर्जाशील, जीवित भूमि।
विविध धर्म, संस्कृति र जातजातिको सहअस्तित्वको उत्कृष्ट उदाहरण। समृद्धि र सद्भावनाको केन्द्र।
नेपालमा सनातनिहरूको विशाल गैर-राजनैतिक संगठन तयार गर्ने, जसले राष्ट्रिय एकताको आधार बनाउँदछ।
नेपाललाई विश्व गुरुराष्ट्रको रूपमा चिनाउने र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने।
नेपाली समृद्ध बनाउने र नेपालको दर्शन विश्वभर फैलाउने, नेपाली ज्ञानको वैश्विक प्रसार गर्ने।
राष्ट्रपहिलो, नेपाल फर्स्टको नीति लिने र सबै नीति निर्माणमा राष्ट्रहितलाई प्राथमिकता दिने।
युवाहरूलाई आधुनिक सिपमा तालिम दिई रोजगारी सिर्जना गर्ने।
आधुनिक कृषि प्रविधि र परम्परागत ज्ञानको संयोजनबाट कृषि उत्पादन बढाउने।
प्राचीन योग, ध्यान र आध्यात्मिक साधनाको अभ्यास र प्रशिक्षण।
पञ्चगव्य, जडिबुटी र प्राकृतिक चिकित्साको अध्ययन, अनुसन्धान र उपचार केन्द्र।
टिकाऊ र जैविक खेतीको तालिम र प्रविधि हस्तान्तरण।
AI र आधुनिक प्रविधिमा तालिम दिई नेपालमै रोजगारी सिर्जना गर्ने।
नयाँ प्रविधिमा तालिम दिई नेपालमै बसेर कमाउने अवसर सिर्जना गर्ने।
गाईको संरक्षण, पालनपोषण र पञ्चगव्य उत्पादन।
प्राचीन गुरुकुल प्रणालीको पुनर्स्थापना र संचालन।
यात्रुहरूको लागि धर्मशाला, उपचार केन्द्र र अध्ययन केन्द्र स्थापना।
सनातन गुरुराष्ट्र नेपालको मिशनमा सहभागी हुनुहोस् र राष्ट्र निर्माणको यात्रामा सहयोग गर्नुहोस्।